SITARAM SAMUDAYIK ANGREJI VIDHYALAYA

Narendra Prasad Ghimire

विद्यालयको हिजो, आज र भोलि

समाज वर्गीय हुन्छ, वर्गीय समाजमा वर्ग विभेद हुन्छ। यातना र पिडाले संघर्ष र आन्दोलनको जन्म दिन्छ। हाम्रो समाज पनि यस परिदृश्यबाट टाढा रहने कुरै भएन । राज्यबाट भएको दमन र माओवादीहरुले संचालन गरेको १० वर्ष जनयुद्धले देश अक्रान्त थियो। धनी र गरीब, हुँदा खानेहरु र हुने खानेहरुको बिचको खाडल झन गहिरिदो थियो। मध्यपकवत थार अस्तनहर कटुतामा रुपान्तरण हुँदै सामाजीक सदभाव भत्किने क्रममा थियो । देश गृह युद्धमा फसेको कारण नेपाली जनताले अराजकताको पराकाष्ठा भोगिरहेका थिए । राज्यले प्रदान गर्ने सेवाहरु पूर्णरूपमा सुचारू थिएनन्। राज्य अन्तर्गतका स्वास्थ्य र शिक्षा सेवा अस्तव्यस्त थिए। निजी स्रोतबाट संचालित स्वास्थ्य तथा शिक्षा स्तरीय र गुणस्तर भए पनि महँगो भएका कारण तल्लो तह तथा तप्काका जनताको पहुँचमा थिएन । यस परिप्रेक्ष्यमा तत्कालिन दुहागडी गा.बि.स. वडा नम्बर ६ हाल मेचिनगर १४ निवासी विद्यालयका संस्थापक अध्यक्ष श्री धर्मप्रसाद घिमिरे को नेतृत्वमा सबैका लागि अंग्रेजी शिक्षा" अभियान संचालन गरि दाताहरु र शिक्षा प्रेमी महानुभाव हरुबाट प्राप्त दान अनुदान बाट विद्यालयको स्थापना र विकास गरि सबै तह र तप्काका जनसमुदायका बालबालिकाहरुलाई न्यून शुल्कमा अंग्रेजी माध्यमबाट अध्यायन अध्यापन गराइएको यो विद्यालय श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालय हो ।

समुदायद्वारा समुदायका लागि सामुदायिक प्रक्रिया द्वारा संचालनमा रहेको यस विद्यालयको छात्र छात्रा हरुबाट प्राप्त हुने शुल्क एक मात्र आम्दानीको स्रोत रहेको यो विद्यालयले प्रारम्भ देखि नै "मुनाफा वितरण नगर्ने" वा लाभांश फिर्ता नगर्ने महान उद्देश्य बोकी सेवाको भावना तथा मुल्य बाट अभिप्रेरित भइ विद्यालयमा अध्ययनरत गरीब, असहाय, दलित तथा जेहेन्दार बालबालिका हरुलाई अधिकतम छात्रवृत्ति उपलब्ध गराइ अध्यापन गराइएको यो विद्यालय प्रदेश को नमुना विद्यालय भएको सम्पुर्ण अभिभावकहरुमा सुसूचित गराउँन चाहान्छु । साथै आगामी दिन हरुमा पनि योग्य तथा सफल शिक्षक शिक्षिकाहरु बाट अध्यापन गराइ शैक्षिक गुणस्तर बृद्धीमा आमुल परिवर्तन गरि संस्कारसहितको शिक्षा प्रदान गर्ने उद्देश्य बोकी सेवा प्रवाह गर्ने गरी हामीले सुरुवात गरेको राम्रो तथा शुभ कार्यमा अभिभावक महोदय हरुबाट निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै यस विद्यालयलाई तपाईं हामी सबैको मन मस्तिष्कमा रहिरहने विद्यालयको रुपमा बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु, धन्यवाद ।

 

श्री नरेन्द्रप्रसाद घिमिरे

अध्यक्षः विद्यालय संचालक समिति